माछापुच्छ्रे बैंकको नाफा र खुद व्याज आम्दानी दुबै बढ्यो

  २०७८ कार्तिक १५ गते १२:११     विकासन्युज

काठमाडौं । माछापुच्छ्रे बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ५६ करोड १५ लाख रुपैयाँ नाफा गरेको छ । बैंकले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणका अनुसार उक्त नाफा गत वर्षको तुलनामा २० करोड रुपैयाँले बढी हो ।

बैंकले गत आर्थिक वर्ष २०७७/७८ को सोही अवधिमा ३६ करोड ९ लाख रुपैयाँ मात्रै नाफा गरेको थियो ।

त्यस्तै, बैंकको वितरणयोग्य नाफा १ अर्ब ४५ करोड रुपैयाँ रहेको छ ।

समीक्षा अवधिमा बैंकले कुल १ खर्ब ३० अर्ब रुपैयाँ निक्षेप संकलन गरेको छ भने कुल १ खर्ब २७ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ ।

बैंकको खुद व्याज आम्दानी पनि बढेको छ । बैंकको चाुल आवको पहिलो त्रैमासमा बैंकले १ अर्ब २८ करोड रुपैयाँ खुद व्याज आम्दानी गरेको छ भने गत वर्ष बैंकले कुल ९५ करोड ५३ लाख रुपैयाँ व्याज आम्दानी गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.