ज्योति विकास बैंकको ऋणपत्र सूचीकृत

  २०७८ कार्तिक १४ गते १३:३७     विकासन्युज

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)मा ज्योति विकास बैंकको ऋणपत्र सूचीकृत भएको छ । संस्थाको १५ लाख थान कार्त्तिक १४ गते नेप्सेमा सूचीकृत भएको हो ।

९ प्रतिशत ज्योति विकास बैंक बण्ड २०८७ ऋणपत्र सूचीकरणको लागि नेप्से र ज्योति विकास बैंकबीच सम्झौता भएको छ । उक्त ऋणपत्रमा लगानी गर्ने लगानीकर्ताले ९ प्रतिशत व्याज पाउने छन् ।

संस्थाले धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनआइबिएल एस क्यापिटल मार्फत उक्त ऋणपत्र सर्वसाधारणको लागि बिक्री खुला गरेको थियो ।

नेप्सेमा सूचीकृत भएसँगै संस्थाको उक्त ऋणपत्र कार्त्तिक १५ गतेदेखि किनबेच गर्न पाइने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.