कृषि विकास बैंकले बढायो नाफा, खराब कर्जा ०.२९ ले घट्यो

  २०७८ कार्तिक १४ गते १२:४०     विकासन्युज

काठमाडौं । कृषि विकास बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा नाफा बढाएको छ । बैंकले सार्वजनिक गरेको पहिलो त्रैमासको वित्तीय विवरण अनुसार ४८ करोड ५३ लाख रुपैयाँ बराबरको नाफा आर्जन गरेको छ । जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ५.१८ प्रतिशतले बढी हो ।

बैंकले अघिल्लो आर्थिक वर्ष २०७७/७८ को पहिलो त्रैमास अर्थात असोजसम्ममा कूल ४६ करोड १४ लाख रुपैयाँ मात्रै खुद नाफा आर्जन गरेको थियो ।

त्यस्तै, सञ्चालन नाफा पनि २.१२ प्रतिशतले बढेर ६२ करोड ५४८ लाख रुपैयाँ पुगेको छ भने वितरण योग्य नाफा पनि बढेर २ करोड ४५ लाख रुपैयाँ नाघेको छ ।

बैंकको खुद व्याज आम्दानी २७.३० प्रतिशतले बढेर १ अर्ब ७३ करोड रुपैयाँ पुगेको छ । त्यस्तै, बैंकको सञ्चालन आम्दानी १६.४० प्रतिशतले बढेर २ अर्ब २५ करोड रुपैयाँ पुगेको छ ।

हाल १६ अर्ब ४२ करोड रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषको रकम १५ अर्ब ४८ करोड रुपैयाँ पुगेको छ । समीक्षा अवधिमा बैंकको निक्षेप ५.८१ प्रतिशतले घटेर १ खर्ब ५३ अर्ब रुपैयाँमा झरेको छ भने कर्जा लगानी ७.९८ प्रतिशतले बढेर १ खर्ब ६५ अर्ब रुपैयाँ पुगेको छ ।

समीक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी भने घटेर प्रतिकित्ता १४.७० रुपैयाँमा झरेको छ । जुन अघिल्लो वर्षको तुलनामा १.२० रुपैयाँले घटी हो । पीई रेसियो ३४.५५ रहेको छ । प्रतिसेयर नेटवर्थ घटेर २४०.२ रुपैयाँ र खराब कर्जा ०.२९ ले घटेर २.०८ मा झरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.