राष्ट्र बैंकले पुनरकर्जाका लागि आवेदन माग्यो, कुखुरा पालकदेखि कपडा सिउने समेतले आवेदन दिन पाउने

  २०७८ कार्तिक १४ गते १०:३८     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई पुनरकर्जाका लागि आवेदन दिन आग्रह गरेको छ । नेपाल राष्ट्र बैंकले आइतबार एक सूचना जारी गर्दै वाणिज्य बैंक, विकास बैंक, वित्तीय संस्था र लुघवित्तहरुलाई पुरकर्जाका लागि आवेदन दिन अनुरोध गरेको हो ।

बैंक तथा वित्तीय संस्थाहरुले मंसिर १९ गतेसम्म आवेदन दिन सक्नेछन् । राष्ट्र बैंकका अनुसार अति प्रभावित क्षेत्र पर्यटन, हवाई तथा पर्यटकीय यातायात, मनोरञ्जन, मनोरञ्जन पार्क, रिक्रिएसन सम्बन्धि व्यवसाय। पाटीए प्यालेस, चलचित्र उत्पादन, सिनेमा हल, रोजगारी गुमेका, कुखुरापालन व्यवसाय, पशुपन्क्षी, मोरी तथा मत्स्य पालन व्यवसाय गर्नेहरु पुनरकर्जाका लागि योग्य हुनेछन् ।

यस्तै, तयारी पोशाक, हस्तकला तथा सीपमुलक व्यवसाय, वैदेशिक रोजगार सेवा प्रदायक, निजी तथा आवासिय विद्यालय, यात्रु वाहक स्थल यातायातहरु पनि पुनरकर्जाका लागि योग्य हुनेछन् ।

बैंक तथा वित्तीय संस्थाहरुसँगै अन्य व्यवसाय गर्नेहरुले पनि यही सूचना आधारमा बैंकहरुमा आवेदन दिन सक्ने सूचनामा उल्लेख गरिएको छ । इच्छुक ऋणीले आफुले सुेवा लिँदै गरेको बैंक तथा वित्तीय संस्थाहरुबाट ऋणका लागि आवेदन दिन पाउने सूचनामा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.