सांग्रिलाको १७औं वार्षिकोत्सवः नयाँ शाखा सञ्चालनदेखि गैर सरकारी संस्थालाई २ लाख सहयोग

  २०७८ कार्तिक १३ गते १८:०२     विकासन्युज

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले सुर्खेतमा नयाँ शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । बैंकले आफ्नो १७औं वार्षिकोत्सवको अवसरमा सुर्खेतस्थित यारीचोकमा शाखा कार्यालयमा सञ्चालनमा ल्याएको हो ।

बैंकले २०७८ कात्तिक १३ गतेको आफ्नो वार्षिकोत्सवको अवसर पारेर देशभर साताव्यापी कार्यक्रमहरु सार्वजनिक गरी विभिन्न कार्यक्रम गरी मनाएको हो ।

बैंकले वार्षिकोत्वकै दिन १००औं शाखाको रुपमा सुर्खेत स्थित यारीचोकमा शाखा कार्यालयमा सञ्चालनमा ल्याएको छ ।

त्यस्तै बैंकले संस्थागत सामाजिक उत्तरदायित्व वहन गर्ने सन्दर्भमा गैर सरकारी संस्था श्री इ-नेवल नेपाललाई कृत्रिम अंग वितरणका लागि बैंकका प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठले रकम २ लाख रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेका थिए ।

वार्षिकोत्सवको अवसरमा बैंकले कम्पनीमा १० वर्ष पूरा गरेका कर्मचारीहरुलाई सम्मान गरी कदरपत्र तथा तक्मा प्रदान गरिएको थियो ।

सांग्रिला डेभलपमेन्ट बैंकले वार्षिक उत्सवको अवसर पारेर आजकै दिन देशभित्रै एक ठाउँबाट अर्को ठाउँमा सरल र सहज रुपमा रकम स्थानान्तरण गर्ने सुविधाको लागि सांग्रिला रेमिटको नामबाट आन्तरिक विप्रेशण सेवा समेत सञ्चालनमा ल्याएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.