शिखर इन्स्योरेन्सको बीमा दाबी सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

  २०७८ कार्तिक ९ गते ११:४०     विकासन्युज

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीले ‘बीमा दाबी व्यवस्थापन सरलिकरण तथा सहजिकरण’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

दाबी प्रक्रियालाई सरल, छिटो छरितो तवरले दाबी फछ्र्यौट गरी आम जनमानसमा बीमाको आवश्यकता र अपरिहार्यता महसुस हुने गरी स्वःस्फुर्त रुपमा बीमा साक्षरता समेत वृद्धि हुने उदेश्यले उक्त अन्तरक्रिया कार्यक्रम संचालन गरिएको कम्पनीले जनाएको छ ।

दाबी भुक्तानीका लागि बीमा कम्पनीका कर्मचारी र सर्भेयर मिलेर अगाडी बढ्नु पर्नेमा बीमा समितिका उप निर्देशक भट्टको जोड थियो । बीमा कम्पनीले जति धेरै दाबी भुक्तानी गर्यो त्यति नै राम्रो हुने उनले बताए ।

कार्यक्रममा बीमा कम्पनीका दाबी विभागका कर्मचारीहरु तथा उच्च व्यवस्थापनका कर्मचारीहरुको सहभागिता थियो । कार्यक्रममा बीमा समितिको तर्फबाट भने उप-निर्देशक विरोध भट्टको उपस्थिति थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.