सपाेर्ट लघुवित्तले घोषणा गर्यो गत वर्षको लाभांश, चुक्ता पुँजी साढे ८ करोड नाघ्ने

  २०७८ कार्तिक ७ गते ११:१६     विकासन्युज

काठमाडौं । सपाेर्ट लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको लाभांश घोषणा गरेको छ । संस्थाले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट कूल ३१.५७८९ प्रतिशत लाभांश घोषणा गरेको हो ।

कार्त्तिक ५ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले सेयरधनीलाई हालको चुक्ता पुँजीको ३० प्रतिशत बोनस र १.५७८९ प्रतिशत नगद गरी कूल ३१.५७८९ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।

उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृत तथा संस्थाको आगामी वार्षिक साधारणसभाले पारित गर्नुपर्ने छ ।

हाल संस्थाको चुक्ता पुँजी ६ करोड ६० लाख रुपैयाँ रहेको छ । ३० प्रतिशत बोनस पश्चात संस्थाको चुक्ता पुँजी ८ करोड ५८ लाख रुपैयाँ बढी हुनेछ ।

प्रस्तावित लाभांश आर्थिक वर्ष २०७५/७६ को तुलनामा बढी हो । संस्थाले सो वर्षको नाफाबाट सेयरधनीलाई कूल १०.५२६ प्रतिशत बोनस सेयर मात्रै वितरण गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.