२०७८ कार्तिक ४ गते १८:०० विकासन्युज
काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले सीसीडी रेसियो न्यूनतम ८५ प्रतिशत नै कायम गर्न माग गरेको छ । अहिलेको नयाँ व्यवस्थाले तरलताको अभाव पर्न गई बैंकहरुको ब्याजदर समेत बढेको हुनाले तत्काल पुरानै व्यवस्था लागू गर्न चेम्बरले माग गरेको हो ।
नेपाल राष्ट्र बैंकले हालै बैंक तथा वित्तीय संस्थाको सीसीडी रेसियो ८५ प्रतिशतलाई खारेज गरी सीडी रेसियो ९० प्रतिशत गरिएको थियो । त्यसैले, उक्त व्यवस्थालाई खारेज गरी तत्कालै पुरानै ब्यवस्था अनुरुप सीसीडी रेसियो न्यूनतम ८५ प्रतिशत कायम हुनु पर्ने चेम्बरको धारणा रहेको छ ।
त्यस्तै, नेपाल राष्ट्र बैंकले हालै जारी गरेको विज्ञप्ति अनुसार निक्षेपको उच्च ब्याजदरमा नियन्त्रणको लागि परिपत्र गरेको बिषयमा ध्यानाकर्षण गराउँदै चेम्बरले उक्त निर्देशन स्वागतयोग्य रहेको बताएको छ । चेम्बरले बिहीबार एक विज्ञप्ति जारी गर्दै सो प्रतिकृया जनाएको हो ।
‘वित्तीय प्रणालीमा तरलताको अभावको समस्या चुलिए पछि बैंकहरुमा निक्षेप तान्न अस्वस्थ प्रतिस्पर्धा शुरु भएकोमा यसलाई नियन्त्रण गर्न नेपाल राष्ट्र बैंकले जारी गरेको निर्देशन अनुसार गत महिनाहरुमा दिएको ब्याजदरमा बढीमा १० प्रतिशत ब्याजदर निर्धारण गर्ने व्यवस्था कार्यान्वयनमा ल्याउन र संस्थागत मुद्धति निक्षेपमा प्रदान गरिने अधिकतम ब्याजदर सर्वसाधारणलाई मुद्धति निक्षेपमा प्रदान गरिने अधिकतम ब्याजदर भन्दा कम्तिमा एक प्रतिशत विन्दुले कम हुनु पर्ने भनि दिएको निर्देशन स्वागत योग्य रहेको छ,’ विज्ञप्तिमा भनिएको छ ।
Copyright © 2022 Bikash Media Pvt. Ltd.