ईङवा हाइड्रोले आईपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट

  २०७८ कार्तिक ३ गते १८:०६     विकासन्युज

काठमाडौं । ईङवा हाइड्रोपावरले कूल १९ लाख ६० हजार कित्ता साधारण सेयर निष्काशन गर्ने भएको छ । कम्पनीले प्रतिसेयर अंकित मूल्य एक सय रुपैयाँ दरको सो मात्राको साधारण सेयरको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) जारी गर्न लागेको हो ।

सो प्रयोजनको लागि कम्पनीले सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैकिङ्गलाई नियुक्त गरेको छ ।

उक्त नियुक्ति सम्बन्धी सम्झौतापत्रमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्गका तर्फबाट प्रबन्ध संचालक तथा प्रमुख कार्यकारी अधिकृत देवराज अधिकारी र ईङवा हाइड्रोको तर्फबाट सञ्चालक सतिश न्यौपानेले हस्ताक्षर गरेका हुन् ।

ईङवा हाइड्रोले ताप्लेजुङ्ग जिल्लामा ९.७ मेगावाट जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.