ज्योति लाईफका संचालक अग्रवाल राउण्ड टेबल इन्टरनेशनलको उपाध्यक्षमा र्निवाचित

  २०७८ असोज २१ गते १६:२१     विकासन्युज

काठमाडाैं । ज्योति लाइफ इन्स्योेरेन्स कम्पनीका संचालक जयन्त कुमार अग्रवाल राउण्ड टेबल नेपालको तर्फबाट राउण्ड टेबल इन्टरनेशनलको उपाध्यक्ष पदमा निर्वाचित भएका छन् ।

राउण्ड टेबल नेपाल शिक्षा र स्वास्थ्य क्षेत्र अन्तर्गत सामाजिक कार्यमा सक्रिय गैरनाफामूलक संस्था हाे ।

अग्रवालले राउण्ड टेबल इन्टरनेशनलको उपाध्यक्षको कार्यकाल समाप्ती पछि राउण्ड टेबल इन्टरनेशनलका अध्यक्षका रुपमा काम गर्नेछन् । राउण्ड टेबल संसारको ६८ देशहरुमा क्रियाशील संस्था हो ।

अहिलेसम्म राउण्ड टेबल नेपालले ३४८ कक्षा कोठासहित ५८ वटा विद्यालय निर्माण गरिसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.