कटहरीया नगरपालिकामा साधना लघुवित्तको नयाँ शाखा विस्तार

  २०७८ असोज २० गते १९:५६     विकासन्युज

काठमाडाैं । साधना लघुवित्त वित्तिय संस्थाले रौतहट जिल्लाको कटहरीया नगरपालिकाको वडा न.६ जलैयाचौकमा नयाँ शाखा कार्यालयकाे उदघाटन गरेको छ । संस्थाले आइतबार उक्त नयाँ शाखाकाे उद्घाटन गरेकाे हाे ।

शाखा कार्यालयको औपचारिक उदघाटन प्रमुख अतिथी कटहरीया नगरपालिकाको मेयर सियाराम प्रसाद कुशवाहाले दिप प्रजवलन तथा रिबन काटेर कारोवारको शुभारम्भ गरेका थिए ।

संस्थाले हाल सम्ममा हिमाल, पहाड र तराईका गरी ९३ वटा शाखा कार्यालयहरु मार्फत संस्थाको पहुच ३१ वटा जिल्लाका ७६ हजार भन्दा वढी विपन्न परिवारमा पुगेको छ र हाल सम्म संस्थाको लगानीमा रहेको कर्जा ३ अर्ब ७५ करोड र बचत ९० करोड भन्दा बढी सदस्यहरुवाट संकलन गर्न सफल भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.