मध्य भोटेकोशीको आईपीओः पहिलो दिनमै मागभन्दा बढी आवेदन, कतिले भरे सेयर ?

  २०७८ असोज २० गते १८:००     विकासन्युज

काठमाडौं । मध्य भोटेकोशी जलविद्युत कम्पनीको आईपीओमा पहिलो दिनमै साढे ५ लाख जनाले आवेदन दिएका छन् । असोज २० गतेदेखि सेयर निष्काशन तथा बिक्री खुला भएको कम्पनीको सेयरमा पहिलो दिनमै ५ लाख ५२ हजार १६७ जना आवेदकले आवेदन दिएका हुन् ।

सेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलका अनुसार आज पौने ६ बजेसम्ममा ८८ लाख ९१ हजार ९७० कित्ता अर्थात ८८ करोड ९१ लाख ९७ हजार रुपैयाँ बराबरको आवेदन परिसकेको छ । जुन संस्थाले सर्वसाधारणमा माग गरेको भन्दा १.०८५ गुणा बढी आवेदन हो ।

कम्पनीले कूल ९० करोड रुपैयाँ बराबरको ९० लाख कित्ता सेयर निष्काशन गरेको हो । जसमध्ये ४ प्रतिशत अर्थात ३ लाख ६० हजार कित्ता सेयर कर्मचारीलाई र ५ प्रतिशत अर्थात ४ लाख ५० हजार कित्ता सेयर सामूहिक लगानी कोषलाई छुट्याइएको छ । र, बाँकी रहेको ८१ लाख ९० हजार कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन पाउने छन् ।

असोज २० गतेदेखि निष्काशन भएको सेयर असोज २५ गतेसम्ममा आवेदन दिन पाइने छ । यससँगै इच्छुक लगानीकर्ताले प्रतिकित्ता १०० रुपैयाँका दरले न्यूनतम १० कित्तादेखि १० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई बैंक रहेको छ भने प्रत्याभुतकर्तामा नागरिक लगानी कोष रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.