बिओके क्यापिटलको १८ प्रतिशत लाभांश पारित, रजिष्ट्रर्ड कार्यालय नक्सालमा हुने

  २०७८ असोज २० गते १७:१०     विकासन्युज

काठमाडौं । बिओके क्यापिटल मार्केटको प्रस्तावित १८ प्रतिशत नगद लाभांश पारित भएको छ । असोज २० गते सम्पन्न संस्थाको छैटौं वार्षिक साधारणसभाले सञ्चालक समितिको उक्त प्रस्तावलाई पारित गरेको हो ।

यससँगै संस्थाका सेयरधनीले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट चुक्ता पुँजीको १८ प्रतिशतका दरले हुने ३ करोड ७८ लाख रुपैयाँ नगद लाभांश (कर समेत) पाउने छन् ।

सभाले आर्थिक वर्ष २०७७/७८ को वित्तीय विवरणहरु पारित गरेको छ । साथै, सभाले विशेष प्रस्ताव अन्तर्गत क्यापिटलको रजिष्ट्रर्ड कार्यालय काठमाडौं महानगरपालिका, वडा नं. १, नक्सालमा रहने प्रस्ताव पारित गरेको हो ।

बैंक अफ काठमाण्डूको सहायक कम्पनी बिओके क्यापिटलले ग्राहकलाई सेवाहरु दिँदै आईरहेको छ । र, भविष्यमा प्रविधिहरुको उच्चतम् प्रयोग गरी ग्राहकमैत्री सेवाहरु प्रदान गर्दै जाने क्यापिटल मार्केटले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.