नबिल इन्भेष्टमेन्ट बैंकिङ्गमा २१०० मा आजिवन डिम्याट खाता

  २०७८ असोज २० गते १७:१८     विकासन्युज

काठमाडौं । नबिल इन्भेष्टमेन्ट बैंकिङ्गले आजिवन डिम्याट खाताको योजनामा ९०० रुपैयाँ छुट दिने भएको छ । कम्पनीले नेपालमै पहिलोपटक नेपालमा ल्याएको आजिवन डिम्याट योजनामा ९०० रुपैयाँको छुटसहित २१०० रुपैयाँमा बनाइदिने भएको हो ।

कम्पनीले ३००० रुपैयाँमा २०७७ साल पौष २६ गतेदेखि यो योजना ल्याएको थियो । यो योजना असोज २१ गतेदेखि २९ गतेकासम्म लागु हुने कम्पनीले जनाएको छ ।

यस्तो सुबिधा विद्यमान खातावालाहरुले पनि आफुले भुक्तानी गर्नुपर्ने नबिकरण वापतको बाँकी रकम भुक्तानी गरी प्राप्त गर्न सक्नेछन् ।

साथै आजिवन डिम्याट खाता तथा मेरो शेयर खाता खोल्नको लागि नबिल इन्भेष्टको वेबसाइटमा गई खोल्न सकिने छ भने नविकरण वापतको भुक्तानी गर्न बाँकी रकम पनि https://onlinedemat.nabilinvest.com.np/Payment/DematRenew मा गई अनलाईनबाट नै भुक्तानी गर्न सकिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.