२०७८ असोज २० गते १२:२४ विकासन्युज
काठमाडौं । मुक्तिनाथ विकास बैंकले आफ्ना भिसा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ्ग ग्राहकलाई थप सेवा दिन महेन्द्र नारायण निधि मेमोरियल अस्पतालसँग विभिन्न सेवामा विशेष छुट प्रदान गर्ने गरी सम्झौता गरेको छ ।
यस सम्झौता पश्चात मुक्तिनाथ विकास बैंकका भिषा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ्ग ग्राहकहरुले बसुन्धारामा रहेको महेन्द« नारायण निधि मेमोरियल अस्पतालमा बेड चार्ज, डाएग्नोस्टिक –इन हाउस, र्फामेसी, प्रक्रियामामा १० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् ।
बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्न एटिएम काड प्रयोग गरी नेपालभरी रहेको भिसा नेटवर्कमा आवद्ध अन्य जुन सुकै बैंकको एटिएम मेसिनबाट नि:शुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ ।
त्यसैगरी मोबाईल बैंकिङ्ग, क्यूआर कोड, अनलाईन कर्जा आवेदन, अनलाईन खाता खोल्ने, ईन्टरनेट बैंकिङ्ग, खाता मै रेमिट्यान्स जम्मा, मिस्डकल बैंकिङ्ग जस्ता सेवाहरु बैंकको शाखामा भौतिक रुपमा उपस्थित नभई घरबाटै उपयोग गर्न सकिने व्यवस्था गरेको छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.