आईपीओको प्रस्ताव पारित गर्न हिमालयन रिइन्स्योरेन्सले डाक्यो साधारण सभा

  २०७८ असोज २० गते १२:०५     विकासन्युज

काठमाडौं । हिमालयन रि इन्स्योरेन्सले कार्त्तिक १२ गते वार्षिक साधारणसभा आव्हान गरेको छ । इन्स्योरेन्सले सो दिन अपरान्ह ५ बजे ठमेलको होटल अलफ्टमा आफ्नो पहिलो वार्षिक साधारणसभा आव्हान गरेको हो ।

सभाले प्राथमिक सार्वजनिक निष्काशन (आईपीओ) जारी गर्ने प्रस्तावलार्ई पारित गर्दै छ ।

सभाले सञ्चालकहरुको निर्वाचत तथा स्वतन्त्र सञ्चालकको नियुक्ति अनुमोदन गर्ने छ । त्यस्तै, सञ्चालकको पारिश्रमिक, भत्ता तथा सुविधा बारे छलफल गरी आर्थिक वर्ष २०७८र७९ का लागि लेखापरीक्षकको नियुक्ति गर्ने तथा पारिश्रमिक तोक्ने सञ्चालक समितिको प्रस्ताव रहेको छ ।

त्यस्तै, सभाले संस्थाको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.