नबिल बैंक दशैं अफर: कार्ड प्रयाेग गरी भुक्तानी गर्दा १० प्रतिशतसम्म छुट

  २०७८ असोज २० गते ११:५४     विकासन्युज

काठमाडौं । दशैंको अवसरमा नबिल बैंकले आफ्ना ग्राहकका लागि ‘नबिल दशैं धमाका’ अफर ल्याएको छ । यस अफर अन्तर्गत नबिल बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोग गर्ने ग्राहकहरुले बिग मार्ट, दराज र किरानामा कार्ड प्रयोग गरे बापत क्यासब्याक पाउन सक्नेछन् ।

यस्तै यो अफर बमोजिम ग्राहकहरुले बिग मार्टमा १० प्रतिशत छुट वा अधिकतम ३०० रुपैयाँसम्म क्यासब्याक पाउन सक्ने बैंकले जनाएको छ । यो अफर घटस्थापनाको दिन लागू हुनेछ ।

बैंकका अनुसार यो अफरमा किरानामा १५ प्रतिशत छुट वा अधिकतम १५ सयसम्म क्यासब्याक पाउन सक्नेछन् । किराना पसलमा यो अफर अक्टोबर ४ देखि अक्टोबर ११ सम्म लागू हुनेछ । दराजमा भने हरेक शुक्रबार १० प्रतिशत छुट वा अधिकतम ५०० रुपैयाँसम्म पाउन सक्नेछन् ।

यस अफरको लाभ लिनको लागि नबिल बैंकको डेबिट अथवा क्रेडिट कार्ड चाहिने हुनाले नबिल बैंकको नजिकको शाखामा गई खाता खोलेर डेबिट र क्रेडिट कार्ड मार्फत क्यासब्याकको अफर लिन बैंकले आग्रह गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.