एनएमबि बैंकको ब्राण्ड एम्बेस्डरमा पल शाह

  २०७८ असोज १९ गते १२:३८     विकासन्युज

काठमाडौं । एनएमबि बैंकले अभिनेता पल शाहलाई बैंकको ब्राण्ड एम्बेस्डर नियुक्त गरेको छ । बैंकले मंगलबार शाहसँग द्विपक्षीय समझदारी गरेको जनाएको छ ।

शाह टेलिभिजनको इडिटिङ्ग, म्युजिक भिडियो हुँदै नेपाली सिनेमा जगतमा प्रशंसा प्राप्त गरिरहेको उदयीमान अभिनेता मध्ये एक हुन ।

एनएमबि बैंकको ब्राण्ड एम्बेस्डर भएर सहकार्य गर्न पाउँदा आफूलाई खुशी लागेको र बैंकको उत्तरोत्तर प्रगतिमा आफुले उत्कृष्ट भुमिका प्रस्तुत गर्ने शाहले बताएका छन् । शाहले अभिनय सँगै समाज सेवालाई पनि प्राथमिकतामा राखी कार्य गर्दै आएका छन ।

बैंकले देशभरीका १८१ शाखाहरुका साथै १३७ एटिएमहरु, ९ एक्सटेन्सन काउन्टरहरुमार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.