श्री एयरलाइन्सको जहाज रनवेमा चिप्लियो

  २०७८ असोज १९ गते १०:२३     विकासन्युज

काठमाडौं । श्री एयरलाइन्सको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा चिप्लिएको छ । मंगलबार बिहान रनवेमा चिप्लिएको जहाज घाँसतिर गएको हो  । धावनमार्गमा नभएको कारण उडान सुचारु छ ।

पार्किङबाट रनवेमा जाने क्रममा चिप्लिएको विमानस्थल कार्यालयले जनाएको छ । मंगलबार बिहान काठमाडौंबाट नेपालगन्ज जानका लागि पार्किङमा यात्रु राखेर रनवेमा जाने क्रममा जहाज चिप्लिएको हो । ९ एन-एएनएच कलसाइनको भएको क्यु-४०० काठमाडौंबाट नेपालगञ्जका लागि चालकदलका ४ सदस्यगरी ८० जना यात्रुसहित उडानका क्रममा रहेको जहाज ट्याक्सी वेमा चिप्लिएको हो।

चिप्लिएर घासे मैदानमा गएको जहाजबाट सबै यात्रुलाई निकालिसकिएको छ । रनवेबाट घासे मैदानमा गएका कारण विमानस्थल अवरुद्ध भने भएको छैन ।

यसअघि गत सोमबार काठमाडौंबाट विराटनगर गएको बुद्धको जहाज ल्याणिङ गिएरमा समस्या भएर ल्याण्ड गर्न नसकेपछि काठमाडौं र्फकाईएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.