गरिमा विकास बैंकका ग्राहकलाई सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटी र चितवन प्याराडाईज होटलमा छुट

  २०७८ असोज १८ गते १५:५२     विकासन्युज

काठमाडाैं । गरिमा विकास बैंकले सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटी र चितवन प्याराडाईज होटलसँग विभिन्न सेवा सुविधामा छुटको लागि सम्झौता गरेको छ ।

यस सम्झाैता अनुसार बैंकका डेविट कार्ड तथा मोबाईल बैकिङ्ग प्रयोगकर्ताहरुले सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटी र चितवन प्याराडाईज होटलको शाखाहरुबाट विल भुक्तानी गर्दा रुम र फुड एण्ड वेभरेजमा आकर्षक छुट पाउनेछन् ।

गरिमा विकास बैंकले आफ्ना ग्राहकहरुको थप सुविधाको लागि विभिन्न हस्पिटालिटी सेक्टर, हेल्थ सेक्टर र अन्य सेक्टरहरुसँग छुट सम्बन्धि सम्झौता गर्दै आईरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.