सरकारले एकैदिन खर्चियो ११ अर्ब ३७ करोड, साढे २ अर्ब बढी राजश्व संकलन

  २०७८ असोज १५ गते १४:३९     विकासन्युज

काठमाडौं । सरकारले एकैदिन साढे ११ अर्ब रुपैयाँ बराबर खर्च गरेको छ । महालेखा नियन्त्रकको कार्यालयको तथ्यांक अनुसार सरकारले बिहीबार (असोज १४ गते) मात्रै ११ अर्ब ३७ करोड ४४ लाख रुपैयाँ बढी खर्च गरेको हो ।

चालु आर्थिक वर्षको साउनदेखि बिहीबारसम्मको तथ्यांक अनुसार १ खर्ब ४४ अर्ब ४३ लाख रुपैयाँ बराबर खर्च भएको हो । सरकारले चालु आर्थिक वर्षका लागि १६ खर्ब ४७ अर्ब ५७ करोड ६७ लाख रुपैयाँ खर्चको लक्ष्य राखेको छ । बिहीबारसम्ममा लक्ष्यको ८ दशमलव ७४ प्रतिशत खर्च भएको देखिन्छ ।

त्यस्तै, सरकारले असोज १४ गते एकैदिनमै २ अर्ब ६० करोड रुपैयाँ बराबरको राजश्व संकलन गरेको छ । यससँगै, सरकारले राजश्व स्वरुप हालसम्ममा २ खर्ब १९ अर्ब १८ करोड रूपैयाँ संकलन गरिसकेको छ । जुन सरकारले लिएको लक्ष्यको तुलनामा १८.०४ प्रतिशत हो । सरकारले चालु आर्थिक वर्षका लागि १२ खर्ब १४ अर्ब ९७ करोड रूपैयाँ बराबरको राजश्व संकलनको लक्ष्य राखेको छ ।

सरकारले हालसम्म संकलन गरेको राजश्वमध्ये कर राजश्व तर्फ १ खर्ब ८० करोड ३२ लाख ७६ हजार, गैर कर राजश्वतर्फ २० अर्ब ७८ करोड ४८ लाख र अन्य प्राप्तितर्फ १८ अर्ब ६ करोड ९५ लाख रुपैयाँ संकलन भएको छ ।

साथै, सरकारले चालुतर्फ सबैभन्दा धेरै खर्च गरेको छ । चालु आवको साढे दुई महिनामै सरकारले उक्त शीर्षकमा १ खर्ब ८ अर्ब २ करोड रूपैयाँ खर्च गरिसकेको छ । त्यस्तै, पुँजीगततर्फ ४ अर्ब २ करोड ६६ लाख र वित्तीय व्यवस्थातर्फ करिब ३१ अर्ब ९९ करोड ३१ लाख रुपैयाँ बराबर खर्च भएको तथ्यांकले देखाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.