नेपाल फाइनान्सले ७० प्रतिशत हकप्रद सेयर जारी गर्ने, बिक्री प्रबन्धकमा प्रभु क्यापिटल

  २०७८ असोज १३ गते १७:००     विकासन्युज

काठमाडौं । नेपाल फाइनान्सले ७० प्रतिशत हकप्रद सेयर जारी गर्ने प्रकृया अघि बढाएको छ । सो प्रयोजनको लागि फाइनान्सले सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटललाई नियुक्त गरेको हो ।

सो नियुक्ति सम्बन्धी सम्झौतामा नेपाल फाइनान्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत उद्धवराज थपलिया तथा प्रभु क्यापिटलका तर्फबाट प्रबन्ध निर्देशक दिनेश थकालीले हस्ताक्षर गरेका छन् ।

हाल फाइनान्सको चुक्ता पुँजी ४९ करोड ३४ लाख रुपैयाँ रहेको छ । जसको ७० प्रतिशत अर्थात एक बराबर ०.७० कित्ता हकप्रद सेयर जारी पश्चात संस्थाको चुक्ता पुँजी ८३ करोड ८७ लाख रुपैयाँ पुग्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.