म्याद थपिएका आयोजनाको बीमा नविकरण उपयुक्त दररेटमा गराउन महासंघको आग्रह

  २०७८ असोज ८ गते १७:३९     विकासन्युज

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले म्याद थप भएका आयोजनाहरुको बीमा नविकरण एक्सेस भ्यालुसहित उपयुक्त दररेटमा गराउन आग्रह गरेको छ । महासंघले निर्माण सम्पन्न नभएका र नेपाल सरकारबाट म्याद थप भएका आयोजनाको थप भएको समयावधिका लागि बीमा नवीकरण गराउँदा तोकिएकोभन्दा बढी रकम (एक्सेस भ्यालु)कै सेवा शर्त तोकी उपयुक्त दररेटमा गराउन बीमा कम्पनीलाई आग्रह गरेको हो ।

सो सम्बन्धमा महासंघ र नेपाल बीमक संघबीच समन्वय भएको छ । महासंघका पदाधिकारी, बीमा समितिका पदाधिकारी र नेपाल बीमक संघका पदाधिकारीले छलफल गरी उक्त निणर्य गरेका हुन् ।

यसैबीच कुनै पनि निर्माण कार्यको त्रुटी सच्याउने अवधिको बीमा, म्याद थप गर्दा गरिने बीमा लगायतका समस्या सम्बन्धमा नेपाल सरकारका सरोकारवाला निकायहरूसँग बीमा समितिले निकट भविष्यमा अन्तर्क्रिया गरी समस्या समाधान गर्ने निर्णय भएको महासंघका महासचिव रोशन दाहालले जनाएका छन् ।

भदौ ३ को मन्त्रिपरिषद्को बैठकले  कोभिड-१९ लगायत विभिन्न कारणले काम हुन नसकेका आयोजनाहरूको खरिद सम्झौताको २०७८ साल चैत मसान्तसम्मको लागि म्याद थप गरेको थियो ।

उक्त आयोजनाहरूको म्याद थप गरेसँगै कम्पनीहरुले बीमा नवीकरण गर्दा तोकिएकोभन्दा बढी रकम (एक्सेस भ्यालु) वृद्धि गरी आफुखुशी बीमाशुल्क लिँदै आएका थिए । ती ठेक्काहरुको म्याद थप गर्दा आवश्यक पर्ने पुर्नबिमाका लागि बीमा कम्पनीहरूले बीमा नवीकरण गर्दा तोकिएको भन्दा बढी रकम (एक्सेस भ्यालु) वृद्धि गरेका थिए । र, आफुखुशी पहिला जारी भएको बीमा शुल्कमा अत्याधिक रूपले बीमा शुल्क लिन बाध्य बनाएका थिए ।

सोही समस्यालाई मध्यनजर गर्दै महासंघले आफ्नै पहलमा सरोकारवालाबीच छलफल गरी बीमा कम्पनीलाई उपयुक्त दररेटमा बीमा नविकरण गराउन आग्रह गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.