ज्योति लाइफको ४ वर्षे यात्राः विभिन्न १० वटा योजना जारी, बीमाशुल्क ७ अर्ब नजिक

  २०७८ असोज ८ गते १०:३३     विकासन्युज

काठमाडौं । ज्योति लाईफ इन्स्योरेन्स आज असोज ८ गतेबाट पाँचौ वर्षमा प्रवेश गरेको छ । २०७४ असोज ८ गतेबाट औपचारिक रुपमा व्यवसाय शुभारम्भ गरेको कम्पनी आजबाट चौथो वर्ष पुरा गरि पाँचौ वर्षमा प्रवेश गरेको हो ।

यो चार वर्षको अवधिमा कम्पनीले विभिन्न ११ वटा मूख्य उपलब्धीहरु गर्न सफल भएको जानकारी गराएको छ ।

कम्पनीले ७३ जिल्लाको विभिन्न भागमा १२३ वटा शाखा संजाल विस्तार गरी सेवा प्रवाह गरेको छ । त्यस्तै, सर्वाधिक ३५ वटा घातक रोग विरुद्ध ५० लाखसम्मको आर्थिक सुरक्षा दिने एक मात्र कम्पनी बन्न सफल भएको इन्स्योरेन्सको दावी छ । साथै, कम्पनीले विभिन्न १० किसिमका आकर्षक जीवन बीमा योजना जारी गरिसकेको छ ।

कम्पनीले कुल ७ अर्ब रुपैयाँ लगानी गरी आर्थिक वर्ष २०७७/७८ मा ३ अर्ब १० करोड रुपैयाँ कुल बीमाशुल्क सहित हालसम्म ६ अर्ब ९० करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको बताएको छ । कम्पनीमा हाल १० हजारभन्दा बढी सक्रिय अभिकर्ता रहेका छन् भने ९० हजारभन्दा बढी बीमित रहेका छन् ।

सर्वसाधारणलाई ६६ करोड रुपैयाँको सेयर जारी गरी कुल चुक्ता पुँजी २ अर्ब २० करोड रुपैयाँ कायम गरेको छ । चार वर्षमा कम्पनीले ४ अर्ब रुपैयाँको जीबन बीमा कोष कायम गरिसकेको छ । संचालनको पहिलो वर्षदेखि नै नाफा कमाएको इन्स्योरेन्सले हाल आईएसओ ९००१ः२०१५ गुणस्तर चिन्ह प्रमाणपत्र प्राप्त गरेको छ ।

यससँगै, कम्पनीले आफ्नो वाषिर्कोत्षवको अवसरमा सबैलाई धन्यवाद दिँदै आगामी दिनहरुमा थप साथ र सहयोगको अपेक्षा गर्दै थप उत्कृष्ट सेवा प्रदान गर्ने प्रतिवद्धता व्यक्त गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.