कर्जा विस्तारमा विकास बैंक आक्रामक

  २०७८ असोज ६ गते ११:२२     विकासन्युज

काठमाडौं । कर्जा लगानीमा विकास बैंक आक्रामक देखिएका छन् । डेभलपमेन्ट बैंकर्स संघका अनुसार भदौ २६ गतेदेखि असोज १ गतेसम्मको अवधिमा विकास बैंकहरुको कर्जा लगानी ५ अर्ब ५१ करोड रुपैयाँले बढेको छ ।

अघिल्लो साता कुल ३ खर्ब ९६ अर्ब ८८ करोड रुपैयाँ कर्जा प्रवाह गरेका विकास बैंकहरुले यो साता ४ खर्ब २ अर्ब ४० करोड रुपैयाँ कर्जा प्रवाह गरेका छन् । यो एक साताको अवधिमा विकास बैंकहरुको कर्जा लगानी १.३९ प्रतिशथले बढेको छ ।

यस्तै, यो एक साताको अवधिमा विकास बैंकहरुको निक्षेप २ अर्ब ४८ करोड रुपैयाँले बढेको छ । गत अघिल्लो साता कुल ४ खर्ब ४९ अर्ब ३३ करोड रुपैयाँ निक्षेप संकलन गरेका विकास बैंकहरुले यो साता भने ४ खर्ब ५१ अर्ब ८१ करोड रुपैयाँले बढेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.