विन्धवासिनी सहकारीले रोशी गाउँपालिकाका कृषिकलाई सहुलियतमा ऋण दिने

  २०७८ असोज ५ गते १६:१८     विकासन्युज

काठमाडाैं । विन्धवासिनी बचत तथा ऋण सहकारी संस्था र काभ्रेको रोशी गाँउपालिकाबीच कृषी ऋण ब्याज अनुदान सम्बन्धी सम्झौता भएको छ । गाउँपालिका र सहकारीबीच ०७७/७८ मा गरिएको सम्झाैता अवधि गत असारमा समाप्त भएपछि पुनः सम्झौता भएकाे हाे ।

यस सम्झाैता पश्चात रोशी गाउँपालिकामा कृषि व्यवसाय संचालन गरिरहेका सदस्यहरुले रोशी गाउँपालिकाबाट ५ प्रतिशत व्याज अनुदान र विन्धवासिनी साकोसबाट १ प्रतिशत व्याज छुट गरी ६ प्रतिशत छुट सुविधा प्राप्त गर्नेछन् ।

विन्धवासिनी बचत तथा ऋण सहकारी काठमाडौ र काभ्रेपलाञ्चोक जिल्लाभर कार्यक्षेत्र भई सदस्य, समुह र समुदायमा आधारित संस्था हाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.