भृकुटीमण्डपमा टिभिएस् ग्राण्ड दशैं एक्सचेन्ज मेला सुरु, १० लाखसम्म जित्न सकिने

  २०७८ असोज १ गते १७:१५     विकासन्युज

काठमाडाैं । भृकुटीमण्डपमा आजबाट टिभिएस् ग्राण्ड दशैं एक्सचेन्ज मेला सुरु भएकाे छ ।नेपालको लागि टिभिएस टू–ह्वीलर्सको आधिकारिक वितरक जगदम्बा मोटर्सकाे अनुसार उक्त मेला असोज ६ गतेसम्म संचालन हुनेछ ।

यस दशैं ग्राण्ड एक्सचेन्ज मेलाको उद्घाटन शंकर ग्रुप तथा जगदम्बा मोटर्सका अध्यक्ष शाहिल अग्रवालले गरेका थिए ।

यस एक्सचेन्ज मेलामा उपहारको वर्षाको साथै ग्राहकले कुनै पनि कम्पनिको मोटरसाइकल वा स्कुटर लिएर गएर त्यसको सट्टामा टिभिएसको नयाँ मोटरसाइकल वा स्कुटर लिएर घर जान सक्नेछन् ।

यस एक्सचेन्ज मेला अन्तर्गत ग्राहकले कुनै पनि कम्पनीको पुरानो मोटरसाइकल वा स्कुटरमा बजार मूल्यभन्दा थप १० हजारसम्म मुल्याङ्कन पाउने छन् । त्यस्तै नयाँ सवारी खरिद नगरी १ लाखसम्म र किनिसकेपछि १० लाख सम्मको आकर्षक उपहार प्राप्त गर्न सक्नेछन् र त्यसको लागि नयाँ सवारी किन्न इच्छुक ग्राहकले http://tvsnepal.com/Dashain मा जानु पर्ने हुन्छ।

यसैगरी ० प्रतिशत व्याजदरको विशेष सुविधाका कारण यो मेला किस्ताबन्दीमा सवारी किन्न चाह्नेका लागि समेत उत्साहजनक रहेको छ । यस अफरमा प्रि-बुकिङ् गरे मात्र पनि ग्राहक हरुको लागि २ हजार बराबरको आकर्षक उपहारको पाउनेछन् ।

यस योजनाको मुख्य आकर्षण भने एक्सचेन्जमा ईएम्आइ अफर रहेको छ जहाँ ग्राहकले कुनै पनि कम्पनिको पुरानो मोटरसाइकल वा स्कुटर लिएर गएर त्यसको मुल्याङ्कन बराबरको रकम डाउन पेमेन्ट स्वरुप तिरेर बाँकी रकम इएमआइको सुरुवाती दर ५ हजार ९९९ रुपैयाँ मासिक रुपमा तिरेर नयाँ मोटरसाइकल वा स्कुटर घर लैजान सक्नेछन् । यस अफरले पुरानो सवारीको सट्टा नयाँ सवारी घर लैजान इएम्आइ र क्यास दुवैको माध्यमबाट विकल्प ल्याएकाे छ । त्यसका साथै यस एक्सचेन्ज अफरमा टेस्ट राइड गरेमात्र पनि ग्राहकले पक्का उपहार प्राप्त गर्ने छन् ।

नेपालभर १३२ भन्दा बढी डिलरहरुको बलियो राष्ट्रव्यापी वितरण सञ्जालका साथ टिभिएसले बजारमा आफ्नो मजबुत पकड राख्न सफल भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.