शुक्रबार १४०० ले घट्यो सुनको मूल्य

  २०७८ असोज १ गते ११:४१     विकासन्युज

काठमाडौं । शुक्रबार १४०० रुपैयाँले सुनको मूल्य घटेको छ । हिजो प्रतितोला ९० हजार ५०० मा कारोबार भएको सुन १४०० ले घटेर ८९ हजार १०० पुगेको हो ।

यस्तै तेजाबी सुन आज तोलामा ९८ हजार ६५० रुपैयाँमा कारोबार हुँदैंछ । हिजो तेजाबी सुन तोलामा ९० हजार रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै चाँदीको मूल्य ३० रुपैयाँले घटेर प्रतितोला ११७० रुपैयाँमा कारोबार भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.