मेगा बैंकका ग्राहकहरुलाई कान्तिपुर अस्पतालमा विशेष छुट

  २०७८ भदौ ३१ गते ११:५९     विकासन्युज

काठमाडौं । मेगा बैंक नेपालका ग्राहकहरुलाई काठमाडौंको तीनकुनेमा रहेको कान्तिपुर अस्पतालले विशेष छुट दिने सहमति भएको छ ।

मेगा बैंक नेपाल र कान्तिपुर अस्पतालबीच मेगा बैंकका ग्राहकहरुलाई अस्पतालले स्वास्थ्य उपचारमा विशेष छुट र प्राथमिकता दिने सम्झौता भएको हो ।

सम्झौता अनुसार मेगा बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ता ग्राहकहरुले कान्तिपुर अस्पतालमा जनरल बेड, क्याबिन र ल्याबमा १५ प्रतिशतसम्म छुट पाउनेछन् भने एम्बुलेन्स सेवा निःशुल्क पाउनेछन् । आइसियू, एचसीयू, भेन्टिलेटर र औषधी खरिद गर्दा भने १० प्रतिशतसम्म छुट दिने अस्पतालले जनाएको छ ।

यसैगरी, मेगा बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्तालाई शुल्यक्रिया गर्नुपरेमा विशेष छुट र कोभिडको पीसीआर परिक्षणमा २० प्रतिशतसम्म छुट दिने सम्झौता भएको छ ।

मेगा बैंकले आफ्ना ग्राहकहरुको सुविधालाई ध्यानमा राखेर यस अघिनै काठमाडौं उपत्यका लगायत देशका विभिन्न अस्पतालहरुसँगको सहकार्यमा छुटको व्यवस्था गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.