बैंकिङ क्षेत्रमा तरलताको संकट, राष्ट्र बैंकले बिहीबारबाट २० अर्बको रिपो निकाल्दै

  २०७८ भदौ ३० गते १७:५२     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबार २० अर्ब रुपैयाँको रिपो जारी गर्ने भएको छ । बैंक तथा वित्तीय क्षेत्रमा तरलताको अभाव देखिएपछि राष्ट्र बैंकले बिहीबार २० अर्ब रुपैयाँको रिपो जारी गर्ने सूचना जारी गरेको हो ।

बजारमा तरलताको अधिक अभाव देखिएपछि राष्ट्र बैंकले तरलता व्यवस्थापन गर्न सो उपकरण प्रयोग गर्ने गरेको छ । राष्ट्र बैंकले २० अर्ब रुपैयाँ बजारमा पठाएर तरलताको समस्या व्यवस्थापन गर्न लागेको हो ।

राष्ट्र बैंकले बिहिबार १४ दिने अवधिको रिपो जारी सूचना निकालेको हो । रिपोमा क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्था भाग दिन पाउने छन् । बोलकबोलबाट व्याजदर निर्धारण हुनेछ । राष्ट्र बैंकले यसअघि ३० अर्बको रिपो जारी गरेको थियो। राष्ट्र बैकका अनुसार अहिले बैंकिङ क्षेत्रमा २५ अर्ब रुपैयाँ अधिक तरलता छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.