सेन्चुरी बैंककाे ‘सेन्चुरी रेमिट प्रिमियम अकाउन्ट’मा साढे ५ प्रतिशत ब्याज पाइने

  २०७८ भदौ २७ गते १७:०६     विकासन्युज

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले नयाँ बचत खाता ‘सेन्चुरी रेमिट प्रिमियम अकाउन्ट’को शुभारम्भ गरेको छ । १ हजार न्यूनतम मौज्दात भएको उक्त खातामा वार्षिक ५.५ प्रतिशतको दरले त्रैमासिक रुपमा ब्याज भुक्तानी गरिने छ ।

यस खातामा अन्य बचत खातामा भन्दा १ प्रतिशत बढि ब्याज भुक्तानीका साथसाथै इन्टरनेट बैंकिङ्ग र मोबाइल बैंकिङ्ग पनि निस्शुल्क उपलब्ध गरिएको छ । उक्त खातामा लकर सेवा, एटिएम र अन्य सुविधाहरुको व्यवस्था गरिएको छ ।

रेमिट्यान्सबाट आएको रकमलाई सुरक्षित राख्न र उच्च ब्याजदर प्राप्त गर्न इच्छुक ग्राहकवर्गहरुले आफुलाई सहज हुने सेञ्चुरी कमर्सियल बैंकको कुनै पनि शाखा कार्यालयमा गई उक्त नयाँ बचत खाता सेन्चुरी रेमिट प्रिमियम अकाउन्ट खोल्ने सुविधा लिन सक्ने बैंकले जानकारी दिएकाे छ ।

उक्त खाता खोल्नको लागि कुनै पनि रेमिट्यान्सबाट प्राप्त रसिद भने बैंकलाई अनिवार्य उपलब्ध गराउनुपर्नेछ ।

बैंकले काठमाडौं उपत्यकामा २३ शाखाहरु र ७ वटा एक्स्टेन्सन काउन्टर र उपत्यका बाहिर १०३ शाखाहरु र ३ वटा एक्स्टेन्सन काउन्टर साथै १८ वटा शाखारहित बैंकिङ्ग गरी जम्मा १५४ स्थानबाट कारोबार सञ्चालन गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.