अब कृषि तथा पशु बीमा प्रिमियममा ८० प्रतिशत अनुदान पाइने, सरकारले बढायो दायरा

  २०७८ भदौ २५ गते १६:५०     विकासन्युज

काठमाडौं । सरकारले कृषि बाली तथा पशुको बीमा गर्दा लाग्ने प्रिमियम शुल्कमा दिँदै आएको अनुदान रकम बढाएको छ । यसअघि उक्त बीमामा लाग्ने प्रिमियम शुल्कमा ५० प्रतिशत अनुदान दिँदै आएको सरकारले अब ८० प्रतिशत दिने भएको हो ।

सरकारले प्रतिस्थापन विधयेक मार्फत चालु आर्थिक वर्षका लागि ल्याएको बजेटमा यस्तो व्यवस्था गरिएको हो । अर्थमन्त्री जनार्दन शर्माले प्रतिनिधिसभाको भदौ २५ गतेको बैठकमा प्रतिस्थापन विधेयक पेश गर्दै उक्त बीमा प्रिमियम अनुदान साविककको ५० प्रतिशतबाट वृद्धि गरी ८० प्रतिशत पुर्याएका हुन् ।

सरकारले कृषि तथा पशुजन्य व्यवसायमा रहेको जोखिम न्यूनीकरण गरी किसानको आकर्षण वृद्धि गर्न कृषि बाली तथा पशु बीमाको दायरा विस्तार गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.