पैसा नभएको सिभिल बैंकको चेक काट्ने कट्टेललाई ६० लाख जरिवाना, ७ दिन कैद

  २०७८ भदौ १८ गते १६:३८     विकासन्युज

काठमाडौं । सिभिल बैंकको बाउन्स चेक काट्ने ईलामका टंकनाथ कट्टेलल पक्राउ परेका छन् । ईलाम देउमाई गाविस वडा नं।९ साविक जितपुर गा।वि।स। वडा नं।४ घर भई हाल बिर्तामोड न।पा।वडा नं।५ मंगलदिप बस्ने वर्ष ४३ को टंक नाथ कट्टेलल लाई प्रहरीले पक्राउ गरेको हो ।

उनले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी(जानी जाहेरवालालाई झुक्यानमा पारी सिभिल बैंकको चेक काटी दिई बैंकिङ् कसूरजन्य अपराध गरेको ठहर गरी उच्च अदालत पाटनबाट गत वर्ष माघमा बैंकिङ कसुरको सजाय तोकिएको थियो ।

उनलाई बैंकिङ् कसूर तथा सजाय ऐन २०६४ बमोजिम ७९सात० दिन कैद र ६० लाख० जरिवाना ठहर भएको थियो । तर, उनी फरार थिए । उनलाई केन्द्रीय अनुसन्धान ब्यूरोबाट फैसला कार्यान्वयन तथा फरार प्रतिवादीहरुको खोजतलास एवं पक्राउको लागी परिचालित टोलीले निज प्रतिबादीलाई बिर्तामोड,झापाबाट पक्राउ गरी फैसला कार्यान्वयनको लागि झापा जिल्ला अदालतमा पेश गरिएको हो । उनलाई अब ६० लाख रुपैयाँ जरिवाना र ७ दिन जेलमा राखिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.