कुमारी बैंक लिमिटेडद्धारा निःशुल्क एन्टिजन् टेस्ट क्याम्पको आयोजना

  २०७८ भदौ १८ गते १५:०४     विकासन्युज

काठमाडौं । कुमारी बैंक लिमिटेडले निःशुल्क एन्टिजन् टेस्ट क्याम्प आयोजना गरेको छ । बैंकले शुक्रबार विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरसलाई केन्द्रित गर्दै काठमाडौंको टङ्गालस्थित कुमारी बैंकको कर्पोरेट कार्यालयमा निःशुल्क एन्टिजन् टेस्ट क्याम्प आयोजना गरेको हो ।

क्याम्पमा आफ्नो नाम तथा नम्बर दर्ता गराई अ्एन्टिजन् टेस्ट गराउने व्यक्तिको कोरोना सङ्क्रमण भए–नभएको रिपोर्ट १५ मिनेटमा नै दिएको जानकारी गराएको छ । आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत कोरोना विरुद्धको लडाईमा बैंकले सहयोग गर्ने उद्देश्यले उपरोक्त कार्यकम आयोजना गरेको हो ।

आफ्नो डिजिटल सामथर््यलाई परिस्कृत गर्न कुमारी बैंकले आफ्ना देशव्यापी १९६ शाखा सञ्जाल, १६५ एटिएम, २८ शाखारहित बैंकिङ्ग ईकाई तथा १३ एक्सटेनसन काउन्टरबाट अत्याधुनिक बैंकिङ्ग सुविधाहरु दिँदै आएकोे र आगामी दिनहरुमा अझ सुलभ तथा उत्कृष्ट सेवाका निमित्त डिजिटल पूर्वाधारहरु सुदृढ पार्दै जाने प्रतिबद्धता जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.