काठमाडौंको गोकर्णेश्वर नगरपालिकामा भाैतिक रुपमा खुल्याे विद्यालय

  २०७८ भदौ १५ गते १३:२६     विकासन्युज

काठमाडौं । कोरोना माहामारीका कारण बन्द भएका विद्यालयहरु भौतिक उपस्थितिमै पठनपाठन सुरु हुन थालेका छन् । गत बैशाखदेखि भौतिक उपस्थितिमा हुने पठनपाठन बन्द गरेर अनलाईन माध्यमबाट मात्र पठनपाठन हुँदै आएकोमा काठमाडौंको गोकर्णेश्वर नगरपालिकाले भौतिक उपस्थितिमै विद्यालय सञ्चालन गरेको छ ।

नगरपालिकाको नगर शिक्षा समितिको निर्णयका आधारमा आजदेखि भौतिक उपस्थितिमै पठन्पाठन सुरु भएको हो । सामाजिक एवं भौतिक दूरीको पालना तथा स्वास्थ्य र सुरक्षाका सबै मापदण्डलाई पालना गरी पूर्ण सतर्कता र सजगताको अवलम्बन गर्दै विद्यार्थी र शिक्षकको भौतिक उपस्थितिमै कक्षा सञ्चालन गर्ने निर्णय अनुसार विद्याल सञ्चालन भएको नगरपालिकाका प्रवक्ता एवं वडा नम्बर ८ का वडाअध्यक्ष मनोजकुमार ढुगांनाले जानकारी दिए ।

‘तोकिएको मापदण्ड पालना भए नभएको अनुगमन गर्ने गरी विद्यालय सञ्चालन गरिएको हो । यदि तोकिएको मापदण्ड अनुसार विद्यालय सञ्चालन नभएमा भौतिक उपस्थितिमा हुने पठनपाठन बन्द गर्न सकिन्छ’, उनले भने ।

उनका अनुसार नगरपालिकाभित्र हाल ९३ नीजि विद्यालय तथा १६ सामुदायिक गरी १०९ विद्यालय सञ्चालनमा रहेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो समय कोरोना संक्रमितको संख्यामा केही कमी आएतापनि जोखिम कायम नै रहेको जनाएको छ ।

दोस्रो लहरको कारोना महामारी संक्रमणलाई ध्यानमा राख्दै काठमाडौं उपत्यकाका तीन जिल्ला (काठमाडौं, ललितपुर र भक्तपुरमा) गत बैशाख १६ गतेदेखि निषेधाज्ञा लागु गरिएको थियो ।

कोरोनाको जोखिम केही कम भएको भन्दै निषेधाज्ञालाई कडाई नगरेतापनि तीन जिल्लामा निषेधाज्ञा जारी नै रहेको छ ।

सरकारले समेत अहिलेसम्म भौतिक उपस्थितिमै कक्षा सञ्चालन गर्ने निर्णय गरेको छैन । अहिले पनि निर्देशिका अवज्ञा गर्दै भेला तथा सम्मेलन भइरहेका छन् । २५ जनाभन्दा बढी संख्यामा भेला हुन नहुने जनस्वास्थ्य मापदण्डमै उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.