मेरो डेका ६४ औं इ-काटा कराँते वर्ल्ड च्याम्पियनसिपमा नेपाललाई ३ लाई स्वर्ण

  २०७८ भदौ १३ गते १४:१७     विकासन्युज

काठमाडौं । मेरो डेकाले आयोजन गरेको ६४ औं इ-काटा कराँते वर्ल्ड च्याम्पियनसिपमा नेपालको ३ जना खेलाडीले विभिन्न उमेर समूहमा प्रथम स्थान हासिल गरेका छन् ।

मलेसियाले आयोजना गरेको उक्त प्रतियोगितामा ७ वर्ष मुनिको उमेर समूहमा सम्भव बम ठकुरी, १० वर्ष मुनिको उमेर समूहमा गह्याल्मो सोमिका लामा र १७ वर्ष मुनिमा धेजेन डाेल्मा तामाङले पहिलले स्थान हासिल गरेका हुन् ।

यस्तै साेही प्रतियाेगितामा १० वर्ष मुनिको उमेर समूहमा युशुप्ना बम ठकुरी दास्रो भएकी छिन् ।

भर्चुअल रुपमा सम्पन्न भएकाे उक्त प्रतियोगितामा नेपालको तर्फबाट १० जना सहभागी भएका थिए । प्रतियोगितमा २५ वटा देशले सहभागिता जनाएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.