मेगा बैंकका ग्राहकले ओम अस्पतालमा साढे १० प्रतिशतसम्म छुट पाउने

  २०७८ भदौ ११ गते १८:१५     विकासन्युज

काठमाडौं । मेगा बैंक नेपालका ग्राहकले ओम अस्पताल तथा रिसर्च सेन्टरमा १०.५० प्रतिशतसम्म छुट पाउनेछन् । जसको लागि बैंक र ओम अस्पतालबीच स्वास्थ्य उपचारमा विशेष छुट र प्राथमिकता दिने सम्झौता भएको हो ।

सम्झौता अनुसार मेगा बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ता ग्राहकहरुले ओम अस्पतालमा कुल बिलको १०.५० प्रतिशतसम्म छुट पाउनेछन् । यसैगरी, मेगा बैंकका ग्राहकहरुलाई प्राथमिकता दिँदै अस्पतालले उपचारमा ‘फास्ट ट्रयाक मेडिकल सर्भिस’ प्रदान गर्ने भएको छ ।

मेगा बैंकका ग्राहकलाई यसअघि देखिनै काठमाडौं लगायत देशका विभिन्न अस्पतालहरुले विशेष छुट दिँदै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.