शनिबारबाट नर्भिकमा सहुलियत दरमा ज्वाइन्ट रिप्लेसमेन्ट सर्जरी हुने

  २०७८ भदौ १० गते १३:००     विकासन्युज

काठमाडौं । नर्भिक इन्टरनेशनल हस्पिटलको शनिबारबाट सहुलियत दरमा ज्वाइन्ट रिप्लेसमेन्ट सर्जरी हुने भएकाे छ ।

बजारकोभन्दा निकै सहुलियत दरमा ज्वाइन्ट रिप्लेसमेन्ट सर्जरीको सेवा उपलब्ध गराइने नर्भिक इन्टरनेशनल अस्पतालका प्रमुख कार्यकारी अधिकृत अजय मिश्रले जानकारी दिए ।

यस्तै अस्पतालकाे निःशुल्क ओपिडी अभियान अन्तरर्गत आउने शनिबार वरिष्ठ अर्थोपेडिक सर्जन डा. ऋषि बिष्ट र अर्थोपेडिक्स तथा ट्रमा सर्जन डा. कुलदीप मंगल जोशी नेतृत्वको टिमले सेवा दिने भएका छन् ।

शनिबारको फ्रि ओपिडीमा आउने बिरामीहरुले समेत ज्वाइन्ट रिप्लेसमेन्ट सर्जरीका लागि नाम टिपाउनसक्ने व्यवस्था मिलाइएको अस्पतालले जनाएकाे छ ।

हाडजोर्नीसँग सम्बन्धित समस्या भएका र शल्यक्रिया गर्नुपर्ने बिरामीहरुले फ्रि ओपिडीको साथै सहुलियत दरको शल्यक्रिया सेवा समेत लिन सक्नेछन् ।

नर्भिकले विगत केही साताअघिदेखि आफ्नो कर्पोरेट सोसियल रेसपोनसिबिलीटी(सीएसआर) अन्तर्गत प्रत्येक शनिबार कुनै न कुनै विशेषज्ञ चिकित्सकलाई फ्रि ओपिडी सेवा दिन सुरु गरेको छ । यही क्रममा शनिबार डा. बिष्ट र उनको टिमले बिहान १० बजेदेखि मध्यान्ह १२ बजेसम्म नर्भिक अस्पतालमै बिरामीहरुलाई निःशुल्क ओपिडी सेवा दिनेछन् ।

अस्पतालकाे अनुसार निःशुल्क ओपिडी सेवा लिनका लागि नर्भिक अस्पतालका ओपीडी प्रमुख क्षितिज उप्रेतीलाई ९८४११८१२८१ नम्बरमा वा नर्भिकको कल सेन्टर नम्बर ०१५९७००३२ मा फोन गरेर आफ्नो नाम टिपाउन सकिने छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.