लाभांशमा ८ बैंकः मुक्तिनाथ, कामना सेवा र महालक्ष्मीको ‘नेक टु नेक’ प्रतिस्पर्धा, कुन बैंकले बढी दिन्छ ?

  २०७८ भदौ ९ गते १२:५८     विकासन्युज

काठमाडौं । राष्ट्रियस्तरका ८ विकास बैंकहरुको कडा प्रतिस्पर्धा देखिएको छ । गत आर्थिक वर्ष २०७७/७८ चौथो त्रैमासको वित्तीय विवरणका अनुसार ८ वटै विकास बैंकहरुको प्रतिस्पर्धा बढी देखिएको हो । ८ वटै विकास बैंकहरुको औसत लाभांश क्षमता १४.७१ प्रतिशत देखिएका छ ।

लाभांश वितरणमा सबैभन्दा अगाडि मुक्तिनाथ विकास बैंक देखिएको छ । मुक्तिनाथ विकास बैंकको लाभांश क्षमता १७.८८ प्रतिशत रहेको छ । गत आर्थिक वर्षको चौथो त्रैमासको वित्तीय विवरणका अनुसार मुक्तिनाथ विकास बैंकको कुल वितरणयोग्य नाफा ८६ करोड ५ लाख रुपैयाँ छ भने बैंकको चुक्ता पूँजी ४ अर्ब ८१ करोड रुपैयाँ छ ।  यसको आधारमा मुक्तिनाथ विकास बैंकको कुल लाभांश क्षमता १७.८८ प्रतिशत छ ।

यस्तै, लाभांश बढी दिने विकास बैंकको रुपमा गरिमा विकास बैंक देखिएको छ । गरिमा विकास बैंकको वितरणयोग्य नाफा ६० करोड रुपैयाँ छ भने बैंकको चुक्ता पूँजी ३ अर्ब ६७ करोड रुपैयाँ छ । यसको आधारमा बैंकको लाभांश क्षमता १६.४७ प्रतिशत रहेको छ ।

लाभांश बढी दिने बैंकको तेस्रो नम्बरमा महालक्ष्मी विकास बैंक रहेको छ । बैंकको वितरणयोग्य नाफा ५६ करोड रुपैयाँ छ भने चुक्ता पुँजी ३ अर्ब ३४ करोड रुपैयाँ छ । यसको आधारमा बैंकको लाभांश क्षमता १६.८६ प्रतिशत छ ।

यस्तै, कामना सेवा बैंकको लाभांश क्षमता १६.३८ प्रतिशत छ । ज्योति विकास बैंकको पनि कुल वितरणयोग्य नाफा ६० करोड रुपैयाँ छ भने चुक्ता पुँजी ३ अर्ब ८४ करोड रुपैयाँ छ । यसको आधारमा बैंकले १५.६८ प्रतिशत लाभांश दिने क्षमता राख्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.