बैंक अफ काठमाण्डूको कामु सीईओमा मास्के नियुक्त

  २०७८ भदौ १ गते १४:२०     विकासन्युज

काठमाडौं । बैंक अफ काठमाण्डूको कामय मुकायम(कामु) प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा श्रवण मास्के नियुक्त भएका छन् । साउन ३१ गते बसेको बैंक सञ्चालक समितिको बैठकले उनलाई कामु सीईओको जिम्मेवारी दिएको हो ।

मास्के बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) समेत हुन् । बैंकका प्रमुख कार्यकारी अधिकृत शोभनदेव पन्तको कार्यकाल सकिएसँगै मास्केलाई कामु सीईओमा नियुक्त गरिएको हो । सीईओ पन्तको कार्यकाल भदौ १ गतेदेखि नै सकिने भएको छ ।

यससँगै, नवनियुक्त कामु सीईओ मास्केले भदौ २ गतेदेखि आफ्नो नयाँ कार्यभार सम्हाल्ने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.