लुम्बिनी प्रदेश चेम्बर अफ कमर्सको नयाँ कार्यसमिति चयन, उपाध्यक्षमा श्रीधर महरा

  २०७८ साउन २९ गते १९:१०     विकासन्युज

काठमाडौं । लुम्बिनी प्रदेश चेम्बर अफ कमर्सको नयाँ कार्यसमिति चयन भएको छ । बुटवलमा सम्पन्न लुम्बिनी प्रदेश चेम्बर अफ कमर्सको पहिलो साधारण तथा अधिवेशनले लुम्बिनी चेम्बर अफ कमर्सको १६ जना कार्य समितिमध्ये १२ जना सदस्य समेत चयन गरेको हो ।

प्रथम साधारण सभाबाट चयन भएका सदस्यको प्रथम बैठकले उपाध्यक्षमा श्रीधर महरा, महासचिवमा झविन्द्र कंडेल, सचिवमा चिरञ्जिबी पोखरेल, कोषाध्यक्षमा यूवराज न्यौपाने, सदस्यहरुमा उदयराज लम्साल, यमकुमारी सुवेदी, मदन खड्का, पदम पोखरेल, जय प्रकाश गुप्ता, सुकदेब बेल्वासे, खिमबहादुर खत्री, उमानाथ घिमिरे, मनोनिततर्फ शिव ज्ञवाली, महिला तर्फ मन्जु पराजुलीलाई चयन गरेको छ ।

सदस्यमा चयन भएका सबैलाई निर्वाचन अधिकृत बरिष्ठ अधिवक्ता विनोद गौतमले सपथ ग्रहण गराएका हुन् ।

प्रदेश चेम्बर अफ कमर्सका अध्यक्ष नेपाल चेम्बर अफ कमर्स कार्य समितिले चयन गर्ने र अन्य पदमा जिल्ला, महानगर, उपमहानगर, नगर, गाउँपालिका तथा वडा चेम्बरहरुबाट निर्वाचन हुने बैधानिक व्यवस्था रहेको छ ।

उक्त कार्यक्रममा प्रमुख अतिथि लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले निर्विरोध निर्वाचित सदस्यलाई प्रमाणपत्र वितरण गर्दै अबका दिनमा आयातित व्यापारलाई निरुत्साहित गरी उत्पादनमुखि अर्थतन्त्रमा ध्यान जानु जरुरी रहेको बताएका छन् ।

त्यसैगरी, नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले लुम्बिनी प्रदेशमा रहेको बुद्ध भुमिको अन्तर्राष्ट्रिय प्रचार, उनन्तिस प्रतिसत भुभाग कृषि योग्य छ र यसको समुचित प्रयोग गरी कृषिमा जोड गरी आत्मनिर्भर हुनुपर्ने, कृषिमा आधारित उद्योग व्यवसायको विकास र निर्यातमुखि व्यवसाय संचालन गर्न सबै तहका चेम्बरहरुको ध्यान जाने कुरामा आफु विश्वस्त रहेको, आ-आफ्नो व्यावसायको साथमा सबै व्यावसायीहरु एकत्रित भई सहकारी वा कम्पनीको रुपमा कृषि, पशुपालनजन्य तथा जडिबुटीजन्य उद्योग ब्यावसाय संचालनमा लाग्नु हुनेमा जोड दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.