नेप्सेमा साढे १५ अर्बको कारोबार, ९ कम्पनीको मूल्य सर्किट लेबलमा बढ्यो

  २०७८ साउन २७ गते १५:५२     विकासन्युज

काठमाडौं । आज पुँजी बजारमा ९ कम्पनीको मुल्य सर्किट लेबलमा बढेको छ । आइसीएफसी फाइनान्स, रिडी हाइड्रोपावर, रुरु जलविद्युत, जीवन विकास लघुवित्त र युिनयन लाइफ इन्स्योरेन्स कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेर सर्किट लागेको छ ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार एनआरएन इन्फ्रास्टक्चर, अरुण काबेली पावर, नेपाल हाइड्रो डेभलपर्स र रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको सेयर मूल्य पनि ९ प्रतिशतभन्दा बढीले बढेको छ ।

आज २३० कम्पनीका २ करोड ७२ लाख ९८ हजार ६२४ कित्ता सेयर १५ अर्ब ४५ करोड ५९ लाख ४१ हजार ७५४ रुपैयाँमा खरिद विक्री भए । सबैभन्दा बढी रकम बराबरको कारोबार हुने ५ कम्पनीमा अपर तामाकोशी, अरुणभ्याली, अरुण काबेली, अपि र आइसीएफसी फाइनान्स कम्पनी रहे ।

अपर तामाकोशीको ६८ करोड ३० लाख, अरुणभ्यालीको ५७ करोड ३७ लाख, अरुण काबेलीको ५६ करोड १२ लाख,अपिको ५३ करोड १७ लाख र आईसीएफसी फाइनान्स कम्पनीको ५१ करोड ५१ लाख रुपैयाँ बराबरका सेयर खरिद विक्री भएको नेप्सेले जानकारी दिएको छ ।

आज नेप्से ०.९४ अंकले बढेर ३१६२.४१ विन्दुमा पुगेको छ । आजको बजारमा पनि जलविद्युत समुहमा उछाल आएको छ भने होटल तथा टुरिजम समुहमा पनि राम्रै उत्साह देखिएको छ ।

नेप्सेका अनुसार होटल तथा टुरिजम १०२.९१, जलविद्युत १४४.७९ र निर्जीवन बीमा समुह ४३.८ ले बढे । यस्तै, माइक्रोफाइनान्स समुहको उपसुचक ७.९९ अंकले र जीवन बीमा समुहको उपसुचक १०.०५ अंकले बढेका छन् ।

अरु समुहका उपसुचक भने घटेका छन् । नेप्सेका अनुसार बैंकिङ समुह १४.१७, ट्रेडिङ समुह ४९.६५, विकास बैंक ४१.१२, फाइनान्स कम्पनी समुहको उपसुचक १९.६६ अंकले घटे । म्यानुफ्याक्चरिङ प्रोडक्सन समुह ३.८४, अन्य समुह १२.४३, म्युचुअल फण्ड ०.११ र इन्भेष्टमेन्ट समुहको उपसुचक १.०३ अंकले घटेका छन् ।

आजको बजारमा जेविल्स फाइनान्सका लगानीकर्ताले ४.१७ प्रतिशत, एचआईडीसीएलका लगानीकर्ताले ३.३९ प्रतिशत, गोर्खाज फाइनान्स र बेष्ट फाइनान्सका लगानीकर्ताले ३.१६ प्रतिशत तथा एक्सल डेभलपमेन्ट बैंकका लगानीकर्ताले ३.१३ प्रतिशतले गुमाए ।

आजको कारोबार समयभित्र ७४ कम्पनीको सेयरमूल्य बढ्यो भने १०५ कम्पनीको सेयर मूल्य घट्यो । यस्तै, ७ कम्पनीको सेयर मूल्यमा कुनै परिवर्तन नभएको नेप्सेले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.