स्वास्थ्य राज्यमन्त्री भन्छन्ः एकसय दिनमै साढे एक करोड डोज खोप खरिद गर्न सम्झौता गरेँ

  २०७८ साउन १८ गते १३:१३     विकासन्युज

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले सरकारले साढे एक करोड मात्रा खोप खरिद गर्न सम्झौता गरेको बताएका छन् । उनले सोमबार ट्वीट गर्दै आफुले स्वास्थ्य राज्यमन्त्रीको जिम्मेवारी सम्हालेपछि १ करोड ५० लाख डोज खोप खरिद गर्न सम्झौता भएको बताएका हुन् ।

उनले लेखेका छन्,‘मैले मन्त्रालयको जिम्मेवारी सम्हालेपछि वयस्क तथा किशोर–किशोरी समेतलाई लक्षित गरी मोडर्ना खोप ४० लाख र जोनसोन एण्ड जोनसोन खोप ५० लाख, फाइजर ४० लाख र अस्ट्राजेनिका २० लाख गरी कुल १ करोड ५० लाख मात्रा खरिद सम्झौता भइसकेको जानकारी गराउन चाहन्छु ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.