एनएमबिको इन्भेष्टर सेभिङस् खाताः ब्याजदर उच्च, लगानीकर्तालाई ५ वर्षसम्म निशुल्क सेवा

  २०७८ साउन १७ गते १८:१०     विकासन्युज

काठमाडौं । एनएमबि बैंकले ‘एनएमबि इन्भेष्टर सेभिङस्’ नामक बचत योजना सार्वजनिक गरेको छ । बैंकले सबै उमेरको लगानीकर्तालाई लक्षित गरी शुन्य मौज्दातमै विषेश सुविधायूक्त उक्त योजना सार्वजनिक गरेको हो ।

यस बचत योजना अन्तर्गत बैंकले खातामा उच्चतम ब्याज प्रदान गर्ने छ । साथै, ५ वर्षका लागी निःशुल्क डिम्याट तथा मेरो सेयर, निःशुल्क आस्वा, ओम्नी च्यानल र कनेक्ट आईपिएस मार्फत निःशुल्क अन्तर बैंक रकम ट्रान्सफर, निः शुल्क मोबाईल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग, डेविट कार्ड र क्रेडिट कार्ड र एनएमबि क्यापिटलको सहकार्यमा पोर्टफेलियो म्यानेजमेन्टको सेवासँगसँगै परामर्ष सेवा प्रदान गर्ने जानकारी गराइएको छ ।

हाल मुख्यतया बैंकहरुले कर्जा सापटीमा केन्द्रित राखेको देखिएता पनि एनएमबिले भने लगानीकर्ताहरुलाई बचतसँगै लगानी गर्न प्रोत्साहन गर्ने गरी बचतमा आकर्षक योजना ल्याएको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

बैंकले हाल देशभरी १८१ शाखा, १३७ एटीएमहरू, ९ एक्सटेन्सन काउन्टरहरू मार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेका छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.