शनिबार ३ हजार १०६ जना नयाँ संक्रमित थपिए

  २०७८ साउन १६ गते १६:५१     विकासन्युज

काठमाडाैं । पछिल्लो २४ घण्टामा नेपालमा ३ हजार १०६ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३ हजार ५१९ परीक्षण गर्दा उक्त संख्यामा संक्रमित फेला परेका हुन् ।

मन्त्रालयका अुनसार ९ हजार २६३ पीसीआर र ४ हजार २५६ एन्टिजेन विधिबाट परीक्षण भएको थियो । पीसीआर परीक्षणमा २ हजार २८० र एन्टिजेन विधिबाट परीक्षण गर्दा ८२६ जनामा संक्रमण देखिएको हो ।

यस्तै शनिबार थप २३ जनाको मृत्यु भएको छ भने १ हजार ९१६ जना संक्रमणमुक्त भएका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.