हरितमय वातारवरण बनाउन माछापुच्छ्रे बैंकले गर्यो वृक्षारोपण कार्यक्रम

  २०७८ साउन १५ गते १३:५४     विकासन्युज

काठमाडौं । माछापुच्छ्रे बैंकले काठमाडौं महानगरपालिका ३ नम्बर वडाको मुल सडक महाराजगञ्ज सल्लाघारीदेखि न्युरो अस्पताल बासवरीसम्म १०० बिरुवा वृक्षारोपण गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत आज (साउन १५ गते) उक्त स्थानमा बिरुवा वृक्षारोपण गरेको हो ।

बैंकले सफा, सुन्दर र हरियाली पेटी बनाई हरितमय वातारवरण बनाउन काठमाडौं महानगरपालिका वडा नं. ३ सँगको सहकार्यमा उक्त वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको हो । उक्त कार्यक्रममा माछापुच्छ्रे बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइराला र का.म.पा. ३ वडा का वडाध्यक्ष दिपक केसीले वृक्षारोपण गरी कार्यक्रमको सुरुवात गरेका हुन् ।

बैंकले पूर्वमा झापादेखि पश्चिममा कन्चनपुर साथै हिमालदेखि पहाड, र तराईसम्म आफ्ना ८३ वटा शाखाहरु, २ वटा एक्स्टेन्सन काउन्टरहरु लगायत २१ शाखा रहित बैकिङ्ग सेवा समेत गरी जम्मा १०६ स्थानबाट ग्राहकमा सम्पूर्ण बैंकिङ्ग सुबिधा प्रदान गरीरहेको छ । साथै, बैंकको देशभर ९१ वटा एटीएमहरु संचालनमा रहेको छ ।

बैकले पुर्वमा झापादेखि पश्चिममा कञ्चनपुर साथै हिमाल, पहाड र तराई गरी सातै प्रदेशमा आफ्ना १६१ वटा शाखाहरु र १६७ शाखारहित बैकिङ्ग सेवा समेत गरी जम्मा ३२८ स्थानवाट ग्राहकमा सम्पुर्ण बैंकिङ्ग सुबिधा प्रदान गरिरहेको छ । साथै, बैंकको देशभर २०० वटा भन्दा बढी एटीएमहरु तथा ५ वटा एक्टेन्सन काउन्टर संचालनमा रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.