पहिलो दिनमै ६ अर्ब नाघ्यो जीवन विकासको बजार पुँजीकरण, प्रतिकित्ता कति पुग्यो ?

  २०७८ साउन १४ गते १६:३८     विकासन्युज

काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्थाको बजार पुँजीकरण ६ अर्ब रुपैयाँ नाघेको छ । दोश्रो बजारमा कारोबार शुरु भएको पहिलो दिनमै लघुवित्तको बजार पुँजीकरण ६ अर्ब १ करोड ७६ लाख ८४ हजार ४०० रुपैयाँ पुगेको हो ।

लघुवित्तले आज(साउन १४ गते) देखि दोश्रो बजारको यात्रा शुरु गरेको छ । साउन १३ गते नेप्सेमा सूचीकृत भएको संस्थाको आजदेखि दोश्रो बजारमा सेयर कारोबार शुरु भएको हो ।

पहिलो दिनमै संस्थाको पहिलो कारोबार ९१४ रुपैयाँबाट शुरु भएको थियो । जुन नेप्सेले तोकिदिएको मूल्यको करिब अधिकतम मूल्य हो । नेप्सेले संस्थाको पहिलो कारोबारको लागि न्युनतम प्रतिकित्ता ३०५.२७ रुपैयाँ र अधिकतम ९१५.८१ रुपैयाँ तोकेको थियो ।

यससँगै दिनभरको कारोबारमा लघुवित्तको सेयर मूल्य निरन्तर रुपमा बढेको थियो । र, बिहीबार बढी कमाउनेको दोश्रो स्थानमा पर्न सफल भएको छ । बजारमा लघुवित्तको सेयर मूल्य बढेर प्रतिकित्ता ९८९.१० रुपैयाँ पुगेको छ । जुन संस्थाको शुरुवाती मूल्यको तुलनामा ८.२२ प्रतिशत अर्थात प्रतिकित्ता ७५.१० रुपैयाँले बढी हो ।
बिहीबारको बजारमा कूल ९५ हजार २५७ रुपैयाँ बराबरको १०० कित्ता सेयर कारोबारमा किनबेच भएको छ । संस्थाको एकपटकमा १०/१० कित्ता गरी १० पटकमा १०० कित्ता सेयर किनबेच भएको हो ।

चुक्ता पुँजी ६० करोड ८४ लाख रुपैयाँ रहेको संस्थाको कूल ६० लाख ८४ हजार कित्ता सेयर नेप्सेमा सूचीकृत भएको छ । जसमध्ये ६७.५० प्रतिशत (४१ लाख ६ हजार ७०० कित्ता) संस्थापक र ३२.५० प्रतिशत (१९ लाख ७७ हजार ३०० कित्ता) साधारण सेयर रहेका छन् ।

सम्बन्धित समाचार
जीवन विकास लघुवित्तको आईपीओ सूचीकृत, भोलिदेखि कारोबार हुने, मूल्य रेञ्ज कति ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.