विद्यार्थीकाे सीप विकासकाे लागि एनालग इंक र ग्लोबल कलेजबीच सम्झाैता

  २०७८ साउन १४ गते १५:०५     विकासन्युज

काठमाडाैं । एनालग इंकद्धारा संचालित लियोस्क्वाड र ग्लोबल कलेज इन्टरनेशनलबीच सम्झाैता भएको छ ।

उक्त सम्झाैतापछि प्रविधिसँग सम्बन्धित कम्पनी एनालग इंक र ग्लोबल कलेज इन्टरनेशनलले एक साथ विद्यार्थीहरूको सीपको विकास गर्न सहयाेग गर्नकाे साथै इन्टरर्नशिप प्रदान गर्नेछ ।

कोरोना भाइरस महामारीले मानिसहरूको अध्ययन तथा काम गर्ने शैलीमा परिवर्तन ल्याएसँगैं सरकारले हरेक शैक्षिक क्षेत्र र पेशाकर्मीले डिजिटल प्ल्याटफर्ममार्फत काम गर्न प्राेत्साहन गर्दै आएकाे छ ।

सरकारकाे यस लक्ष्यलाई ध्यानमा राख्दै लियास्क्वार्डले कलेज तथा विश्वविद्यालयहरूलाई आफ्नो प्रविधि उपलब्ध गराउँदै आएको छ ।

‘लियोस्क्वार्ड एजुकेशन पार्टनर’ पहलअन्तर्गत एनालग इंकद्धारा सञ्चालित लियोस्क्वार्डबाट आउने उद्यमहरूबाट ग्लोबल कलेजले उदाहरण सेट गर्न सक्ने विश्वास लिइएको छ ।

दुवै संस्थाबीच भएकाे सम्झाैताले भोलि गएर बन्ने उद्यमीहरूलाई अवसर प्रदान गर्ने तथा डिजिटलाइजेशन पुनःस्थापित गर्ने एनालग इंकका प्रमुख कार्यकारी अधिकृत अशुतोष अग्रवालले बताए ।

लियोस्क्वार्ड टिमले कलेजका उद्यमशील विद्यार्थीहरूलाई प्रोत्साहन गर्ने भर्चुअल कक्षाहरू सञ्चालन गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.