चालु आवमा बैंकका कर्मचारीले ३० दिन बिदा पाउने, कुन महिना कति दिन ?

  २०७८ साउन १४ गते १४:०६     विकासन्युज

काठमाडौं । चालु आर्थिक वर्ष २०७८/७९ मा बैंकका कर्मचारीहरुले ३० दिन बिदा पाउने भएका छन् । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षभित्र बैंकका कर्मचारीहरुले एक महिना अर्थात ३० दिन बिदा पाउने भएका हुन् ।

राष्ट्र बैंकका अनुसार बैंकका कर्मचारीहरुले ३० दिन पाउने बिदा बाहेक सरकारी बिदा र कर्मचारीको संस्कृति वा उनीहरुले मनाउने पर्व अनुसार उनीहरु बिदा लिन पाउनेछन् ।

राष्ट्र बैंकले गरेको व्यवस्थाका अनुसार कर्मचारीहरुले चालु आवको भदौमा ३ दिन, असोज ९ दिन, कात्तिकमा ६ दिन, मंसिरमा २ दिन बिदा पाउने छन् । पुषमा २ दिन, माघमा १ दिन, फागुनमा ३ दिन र चैतमा ४ दिन बिदा दिइएको छ ।

राष्ट्र बैंकले सम्बन्धित धर्म, संस्कृति, भौगोलिक क्षेत्र र स्थानविशेषका लागि मात्र सार्वजनिक बिदा हुने पर्वहरुको हकमा सम्बन्धित कर्मचारीहरुले स्वयम घोषणा गरी सम्बन्धि विभाग, कार्यालय वा हाशाखामा अग्रिम जानकारी गराउनु पर्ने उल्लेख गरिसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.