अब चिरायु अस्पतालमा अनलाइनबाट अपोइन्टमेन्ट लिन सकिने

  २०७८ साउन १२ गते १६:१८     विकासन्युज

काठमाडौं । चिरायु राष्ट्रिय अस्पतालमा अनलाइनबाट अपोइन्टमेन्ट लिन सकिने सेवाको सुरूवात भएइको छ । चिरायु राष्ट्रिय अस्पताल नेपालको भुक्तानी सेवाप्रदायक कम्पनी इसेवा र कोजेन्ट हेल्थको सहकार्यमा सुरु भएको ई–अपोइन्टमेन्ट प्लेट फर्ममा आबद्ध भएसँगै अनलाइन अपोइन्टमेन्ट सेवाको सुरूवात भएको हो ।

यो सँगै अबदेखि चिरायुमा उपचार गर्न तथा डाक्टरसँगको परामर्शका लागि इसेवा मोबाईल एप्लिकेशन मार्फत अनलाइन अपोइन्टमेन्ट लिन सकिने भएको हो ।

अनलाइन अपोइन्टमेन्ट सेवाले अस्पतालको ओपिडी सेवाहरू चुस्त बनाउने र बिरामीहरूको सन्तुष्टी बढाउने अपेक्षा गरिएको छ । बिरामीले घरबाटै अपोइन्टमेन्ट लिन र भुक्तानी गर्न सकिने हुँदा अस्पतालमा लाइन बस्नुनपर्दा समयको समेत बचत हुनेछ ।

हाल कोभिड १९ को महामारीका बेला उक्त सेवाले धेरै सहजता ल्याउने जनाईएको छ । कोजेन्ट हेल्थ र इसेवाले अस्पतालहरुमा अनलाइनबाट अपोइन्टमेन्ट लिन सकिने सेवाको सुरू गरेसँगै यस प्लेटफर्ममा आबद्ध हुने अस्पतालको संख्या बढ्दो छ ।

कम्पनीले इलेक्ट्रोनिक मेडिकल रेकर्ड (ईएमआर) मा आधारित अस्पताल तथा स्वास्थ्य संस्थाका व्यवस्थापनलाई पूर्ण रुपमा डिजिटलाइज गर्नका लागि प्रविधि निर्माणको काम गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.